प्रशिक्षकहरु

तपाईहरुलाई हाम्रो तर्फबाट एउटा चकित पर्ने कुरा छ । तपाईलाई लाग्दै होला कि तपाईले सन्डे स्कूलको शिक्षक बन्नलाई सोच्नु भएको होला तर अब तपाईको कामको विवरण शिक्षक देखि प्रशिक्षकमा परिणत भएको छ । हो यो ठीक हो, यस वर्ष हामी एउटा मुक्काको विषय लिएर बाइबल पढ्ने छौं र आशा गर्दछौ कि यसपाली हामी खेलकुद द्वारा मज्जा गर्नेछौ । प्रिय शिक्षक, अहिलेनै शुरु गर्नुहोस् । शिक्षक हुनुको बदला प्रशिक्षक बन्नुहोस अनि यसो गर्नाले तपाईलाई प्रत्येक नानिको बारेमा ध्यान दिने प्रेरणा दिनेछ र उनीहरुको विजेता बन्ने प्रयासको प्रगति पनि देख्नुहुनेछ ।

सानो समूह

३-७ जना नानीहरु भएको सानो समूह बनाउनुहोस । हरेक समूहलाई प्रशिक्षकको खाचो हुनेछ । प्रशिक्षकहरुलाई हरेक हप्ता कक्षामा आउनु पर्दैन तर प्रत्येक हप्ता नानीहरु अथवा "खेलाडीहरुलाई" जाँच गर्नु आवश्यक छ । संगठित र सबै प्रशिक्षकहरुलाई प्रेरित गर्न एउटा मूल प्रशिक्षकलाई चुन्नुहोस् ।

हप्ताको कार्यभार गर्न मदतको लागि तपाईको कक्षालाई सानो-सानो समूहमा छुट्याउनुहोस् । प्राय सन्डे स्कूल कार्यक्रमहरु चर्चमा हुने गर्द्छन र हप्तामा गर्ने गृह कार्यभारको जरुरी हुदैन । तर तपाईको नानीहरुले केवल पढेर मात्र उनिहरुको पापलाई जित्न सक्दैनन । उनीहरुले वास्तवमा "घेरा भित्र" पसेर नै हप्ता भरिको पापलाई सामना गर्नु पर्छ । ईमान्दारिपुर्वक भनौ भने यसलाई हेर्नका लागि कोही पनि छैन भने यो गर्न असम्भव हुनेछ । दयागरी "उनीहरुको शब्दमा" भरोसा नगर्नुहोस् र उनीहरुले कार्य गरेको कुरालाई स्वीकारनुहोस् । यदि यस कार्यक्रमलाई लिएर तपाई लापरवाही हुनु भयो भने तपाईले आफ्नो नानीहरुलाई झुट बोल्न सिकाइरहनु भएको हुनेछ । तर तपाईले सोच्नुहोस कि तपाईले साँचै नै नानीहरुलाई प्रशिक्षण दिएर, उनीहरुको गृहकार्यको पछि लाग्नु भयो भने तपाईले उनीहरुको जीवनमा साँची नै ठूलो परिवर्तन देख्नुहुनेछ । केवल एक वर्षमा, तपाईले उनीहरुको जीवनलाई बदल्न सक्नुहुनेछ । तपाईको नानीहरुले आत्माको फल याद गर्ने होइन तर साँची नै यसमा जीउन सिकिरहेका हुनेछन !

यस सानो समूहलाई सुविधापूर्वक हेर्नका निम्ति तपाईको प्रशिक्षकहरुको लागि पर्चा अनि मुख्य प्रशिक्षकको लागि सानो पुस्तक हामीले बनाएका छौ । प्रशिक्षकहरुको पर्चा चाहि प्रत्येक महिना र प्रत्येक आत्माको फलको लागि हो । मुख्य प्रशिक्षकको पुस्तकमा ३ महिनाको लागि कार्यभारहरु पाइने छ ।

प्रशिक्षकहरुको जिम्मेवारी:

प्रशिक्षक:

  • ३-५ का नानीहरुलाई प्रशिक्षण दिनु
  • नानीहरुलाई क्लासको शुरु र अन्त्यमा ५ मिनेट कार्यभार बारे छलफल गर्न अनि उनीहरुलाई विजेता बन्न प्रोतसाहित गर्न भेट्नुहोस।
  • हप्ताई पिच्छे नानीहरुलाई कार्यभारको बारेमा याद गराउन कल / टेक्स्ट गर्नुहोस् (सुझाव- मंगलबार) ।
  • हप्तामा दोस्रो पल्ट कार्यभारको रीपोर्ट तयार गर्नको लागि कल / टेक्स्ट गर्नुहोस् (सुझाव- शुक्रबार) ।
  • साना समूहका नानीहरुले गरेको कार्यभारको पछि लाग्नुहोस र मुख्य प्रशिक्षकलाई रीपोर्ट गर्नुहोस् ।

मुख्य प्रशिक्षक:

  • सबै प्रशिक्षकहरुसँग प्रत्येक हप्ता कक्षा शुरुहुनु भन्दा अघाडि ५ मिनेटको लागि कार्यभार बारे छलफल गर्न र उनीहरुको नानीहरुलाई वफादारी साथ प्रशिक्षण दिन प्रोत्साहित गर्नुहोस् ।
  • हप्ताई पिच्छे प्रशिक्षकहरुलाई कार्यभारको बारेमा याद गराउन कल / टेक्स्ट गर्नुहोस् (सुझाव- मंगलबार) ।
  • हप्तामा दोस्रो पल्ट कार्यभारको रीपोर्ट तयार गर्नको लागि कल / टेक्स्ट गर्नुहोस् (सुझाव- शुक्रबार) ।
  • प्रत्येक नानीहरुलाई गराएको कार्यभारको पछि लाग्नुहोस ।
  • प्रशिक्षक र उनीहरुको परिवारको लागि मासिक प्रेरणादायक सभाहरू सम्पन्न गर्नुहोस् ।

भर्ती:

यहाँ प्रशिक्षक फेला पर्ने केही विचारहरु छन:

  • प्रशिक्षकहरुलाई केवल १ महिनाको लागि मात्र सेवा गर्न लगाउनुहोस । एक महिनामा एउटा आत्माको फल सकिनेछ । जब तपाईले ठूलाहरुलाई उनीहरुको प्रतिज्ञाको बारेमा सोध्नुहुनेछ, यदि तपाईले एक महिनाको लागि मात्रै सोध्नु भयो भने, शायद धेरै जना यो गर्न तयार हुनुहुनेछ । पहिलो महिना पछी, तपाईले सजिलो र रमाइलो बनाउनु भयो भनेदेखि वहाँहरु फेरि आउने इच्छा गर्न सक्नुहुनेछ ।
  • प्रशिक्षकहरुलाई सामान्य रुपमा चर्चमा उपस्थित हुन दिनुहोस तर १० मिनेट अघिनै आएर आफ्नो नानीहरुलाई भेट्न लगाउनुहोस । तपाईका प्रशिक्षकहरुले महिनामा एक पल्ट तपाईको सन्डे स्कूलमा उपस्थित हुन सक्नेछन र अरु बाँकी हप्ताहरु अरु ठूलाहरुले झै उपस्थित गर्न सक्नेछन ।
  • नानीहरुलाई कल गर्नु भन्दा टेक्स्ट गर्नुहोस् । नानीहरुसँग सजिलैसित सम्पर्क गर्न प्रशिक्षकहरुलाई सम्पूर्ण महिनाको निम्ति अटोमेटिक टेक्स्ट्स बनाउन सहायता गर्नुहोस् । यो नभुल्नु होला कि पारम्परिक कल गर्नुभन्दा तपाईले फेसबुक, व्हाट्सएप, ट्वीटर, इत्यादि पनि चलाउन सक्नुहुन्छ ।
  • चर्चमा प्रशिक्षकहरुले केही सामानहरु राख्नका लागि एउटा ठाउँ बनाउनुहोस । तपाईको प्रशिक्षकहरु खेलाडीहरु झै देखिनको लागि उनीहरुले खेल टोपी, सिठ्ठी अथवा पानीको बोतल पनि बोक्न सक्नेछन । प्रत्येक हप्ता यी कुराहरु ल्याउन सम्झीरहनु भन्दा बरु यी समान चर्चमै राख्न दिनुहोस । यसो गर्दा तपाईको प्रशिक्षकहरुले चर्चमा लगाउने सामान्य लुगाको साथसाथै खेलाडिको रुपमा यी चिजहरु लगाउन सक्नेछन ।
  • वर्षको प्रगतिमा उनीहरुको सहभागीता जारी राख्नको निम्ति प्रशिक्षकहरुको मासिक बैठक अतिरिक्त प्रेरणादायक बनाउनुहोस ।
  • यदि आवश्यक भएमा ठूलो समूह बनाउने अनुमति दिनुहोस (फेसबुकको ग्रुप नोटिफिकेशन्स द्वारा कसैलाई १० जना नानीहरुलाई प्रशिक्षण गर्न गाह्रो हुने छैन) ।

प्रेरणादायक सभा:

मुख्य प्रशिक्षकको मुख्य काम चाँहि प्रशिक्षकहरुलाई प्रेरणा दिनु हो । यसो गर्नुको एउटा जरुरी तरिका चाँहि प्रेरणादायक सभा राख्न हो । तपाईले खाना प्रदान सँगै प्राथना गर्न खेल तथ्यांक हेर्न र कसरी हामीले यसलाई इशाइ जीवनमा प्रयोग गर्न सक्छौ भनेर हेर्न सक्नुहुनेछ । यसबाहेक तपाईले ओलम्पिक खेलाडिहरु अथवा प्रेरणादायक खेल चलचित्र पपकर्न अथवा मिठो-मिठो खानेकुरासँग हेर्न सक्नुहुनेछ । तपाईका प्रशिक्षकहरुसँग छलफल गर्नुहोस् कि यदि यी खिलडीहरुले गरेको मिहेनती काम मूल्यवान थियो भने, के हामीले आत्मीय र अनन्तको लाभको लागि अझै मिहेनत गर्नु अझै मूल्यवान होइन र ?

प्रशिक्षक हॅंडआउट्स १ Champions
प्रशिक्षक ह्यान्डआउट्स १

केवल डाउनलोड गर्न उपलब्ध छ ।

प्रत्येक महिनाको लागि सबै प्रशिक्षकलाई यो दिनुहोस् । १ एकाइ : प्रेम, आनन्द र शान्ति